असार ११,काठमाडौँ । इन्जुरी टाइमको गोलको मदतमा साउदी अरेबियाले विश्वकपमा इजिप्टलाई हराएको छ । उसको यो २४ वर्षपछि विश्वकपमा पहिलो जित हो ।
इजिप्ट भने अझै विश्वकपमा जितविहीन रहृयो ।
सोमबार भएको समूह चरणको खेलमा साउदी अरेबियाले इजिप्टलाई २(१ गोल अन्तरले हराएको हो ।
रुस विश्वकपको पहिलो खेलमा घरेलु टोलीसँग ५(० ले पराजित भएको साउदीले दोस्रो खेलमा सुधार गर्दै उरुग्वेसँग एक गोल मात्र खाएको थियो । तर, समूह चरणबाटै बाहिरिएको उसले अन्तिम खेललाई भने स्मरणीय बनाएको छ ।
खेलमा अग्रता भने इजिप्टले लिएको थियो । २२ औं मिनेटमा मोहम्मद सलाहले गोल गरे ।
४१ औं मिनेटमा साउदीले पेनाल्टी पायो । तर, अल मुवालेदको प्रहार इजिप्टका गोलकिपर इसाम अल हदारीले रोके । उनी विश्वकप खेल्ने पाका खेलाडी पनि हुन् ।
तर, पहिलो हाफको थपिएको समयमा अल फराजले साउदीका लागि पेनाल्टीमार्फत बराबरी गोल फर्काए । खेल बराबरीमा सकिने अनुमान भइरहँदा अल दोसारीले इन्जुरी टाएममा गोल गर्दै साउदी अरेबियालाई २(१ को जित दिलाएका छन् ।
विश्वकपमा साउदी अरेबियाको सन् १९९४ पछि पहिलो जित हो ।