विश्व कपमा आजका खेल र समय : अघिल्लो चरणमा पुग्न ब्राजिललाई बराबरी भएपनि पुग्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ १३, बुधबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार १३,काठमाडौँ । विश्व कपको समूह चरण अन्तिम चरण सकिने क्रममा रहँदा यसको रोमाञ्चकका पनि बढ्दै गएको छ । विश्व कपको अघिल्लो चरण पुग्ने र समूह चरणबाट बाहिरिने प्रतिस्पर्धाले रौनकता थपेको छ । अन्तिम समयमा गोल गरेपछि अर्जेन्टिना नाइजेरियालाई २–१ ले हराउँदै अघिल्लो चरण पुगेको थियो ।

आज फेरि त्यस्तै दबाबकाबीच ब्राजिलले कस्तो प्रदर्शन गर्ला भन्ने जिज्ञासा धेरैमा हुनुपर्दछ । समूह ‘इ’मा सर्बिया र ब्राजिल तथा स्वीट्जरल्यान्ड र कोस्टा रिकाबीच प्रतिस्पर्धा हुनेछ । ती खेल राती ११ः४५ बजे सुरु हुनेछन् । त्यसअघि समूह ‘एफ’मा मेक्सिकाले स्वीडेनसँग र दक्षिण कोरियालले साविक विजेता जर्मनीको सामना गर्नेछ । ती खेल राती साँझ ७ः४५ बजे हुनेछन् ।
कोस्टा रिका समूह चरणबाट बाहिरिएको छ भने अघिल्लो चरण पुग्ने दुई टोलीका लागि ब्राजिल, स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा छ । शीर्षस्थानको ब्राजिल र स्वीट्जरल्यान्ड को समान ४ अंक छ भने सर्बियाको ३ अंक छ ।

यस्तोमा ब्राजिल र सर्बियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । ‘एफ’ समूहमा मेक्सिको ६ अंकसहित शीर्षस्थानमा रहँदा जर्मनी र स्वीडेनको समान ३ अंक छ । दक्षिण कोरिया बाहिरिसकेकोले अघिल्लो चरण पुग्न बाँकी ३ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

विश्व कपमा आजका खेल र समय
समूह ‘एफ’
मेक्सिकोविरुद्ध स्वीडेन –साँझ ७ः४५ बजे
दक्षिण कोरियाविरिुद्ध जर्मनी –साँझ ७ः४५ बजे
समूह ‘इ’
सर्बियाविरुद्ध ब्राजिल –राती ११ः४५ बजे
स्वीट्जरल्यान्डविरुद्ध कोस्टा रिका –राती ११ः४५ बजे

ताजा अपडेट

खोजी गर्नुहोस