विश्वकपमा आजपनि दुई खेल : कुन टिम कतिबेला खेल्छन ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ १७, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १७,काठमाडौँ । रुस विश्वकप २०१८ अन्तर्गत आज अन्तिम १६ का दुई खेल खेलिंदैछन् ।
गए राति फ्रान्सले अर्जे्न्टिनालाई ४–३ को रोमाञ्चक खेलमा हराउन सफल भएको थियो भने उरुग्वेले पोर्चुगललाई २–१ ले हरायो । यससंगै उरुग्वे र फ्रान्सले क्वाटरफाइनलमा एकआपसमा भेट पनि पक्का गरे ।

आजका खेलहरुमा स्पेन विरुद्ध रुस नेपाली समय अनुसार बेलुकाको ७.४५ बजे आमुनेसामुने हुनेछन ।यस्तै क्रोएसिया विरुद्ध डेनमार्क नेपाली समय अनुसार रातिको ११.४५ बजे खेल हुनेछन ।

स्पेन समूह ‘बी’ को विजेता रहंदै नकआउट चरणमा प्रवेश गरेको हो भने आयोजक रुस समूह ‘ए’को उपविजेता रहेको थियो । १ खेल जितेको स्पेनले दुई खेल बराबरी गरेको छ । स्पेनले आफ्नो ३ खेलमा ६ गोल हानेको छ भने ५ गोल खाएको पनि छ । स्पेनका लागि डियगो कोस्टाले सर्वा्धिक ३ गोल गरेका छन् ।

अर्को तर्फ, आक्रामक खेलका लागि चिनिने आयोजक रुसले ३ खेलमा २ मा जित हात पारेको छ भने १ खेल गुमाएको छ । ८ गोल गर्दै ४ गोल खाएको रुसका लागि मिडफिल्डर डेनिस चेरिसेभले ३ गोल गरेका छन् ।

क्रोएसिया समूह ‘डी’ को विजेता रहंदै नकआउट चरणमा प्रवेश गरेको हो भने डेनमार्क समूह ‘सी’ को उपविजेता रहेको थियो । क्रोएसियाले तीनै खेल जितेको छ । क्रोएसियाले आफ्नो ३ खेलमा ७ गोल हानेको छ भने केवल १ गोल खाएको छ । क्रोएसियाका लागि लुका मोड्रिचले सर्वा्धिक २ गोल गरेका छन् ।

अर्को तर्फ, डेनमार्कले ३ खेलमा १ मा जित हात पारेको छ भने दुई खेल बराबरी गरेको छ । २ गोल गर्दै १ गोल खाएको डेनमार्कका लागि मिडफिल्डर क्रिस्टियन एरिक्सनले १ गोल र १ असिस्ट गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस