विश्वकप फुटबल : क्वार्टरफाइनलको समीकरण पूरा, कुन टिमले कसको सामना गर्ने ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ २०, बुधबार (६ साल अघि)
  • ८१ पटक पढिएको
Post Thumbnail

असार २०,काठमाडौँ । विश्वकप फुटबलको क्वार्टरफाइनलको समीकरण पूरा भएको छ। अन्तिम १६ को खेलमा स्वीडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो । समीकरण अनुसार अब एउटा समूहमा फ्रान्स, उरुग्वे र ब्राजिल गरी तीन पूर्व विजेता रहेका छन् भने अर्को समूहमा इंग्ल्यान्डमात्रै पूर्व विजेता रहेको छ ।

आज र भोलि आरामको लागि छुट्याइएको छ। क्वार्टरफाइनलका खेल पर्सि शुक्रबारदेखि सुरु हुने छन् । शुक्रबार पहिलो क्वार्टरफाइनलमा दुई पूर्व विजेता फ्रान्स र उरुग्वेबीच भिडन्त हुनेछ । यो खेल राति पौने ८ बजे हुने छ । शुक्रबारै राति पौने १२ बजे ब्राजिल र बेल्जियमबीच सेमिफाइनलमा स्थान बनाउनका लागि भिडन्त हुनेछ ।

शनिबार राति पौने ८ बजे स्विडेन र इंग्ल्यान्डबीच खेल हुनेछ भने त्यही दिन राति पौने १२ बजे आयोजक रुस र क्रोएसियाबीच खेल हुनेछ ।
सेमिफाइनलका दुई खेल असार २६ गते मंगलबार र असार २७ गते बुधबार हुनेछन्।

ताजा अपडेट

खोजी गर्नुहोस