असार २२,काठमाडौँ । विश्वकप २०१८ अन्तर्गत पहिलो क्वाटरफाइनलमा दुई पटकको विजेता उरुग्वे र १९९८ को विजेता फ्रान्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकाको ७.४५ बजे सुरु हुने छ ।
उरुग्वेका लागि एडिन्सन काभानी घाइते भएका कारण खेलमा उपस्थित हुने छैनन् जुन उरुग्वेका लागि ठूलो धक्का हुने छ । प्रि(क्वाटरफाइनलमा उनकै दुई गोलमा उरुग्वेले पोर्चुगललाई २(१ ले हराएको थियो । ४–४–२ को शैलीमा खेल्ने उरुग्वे काभानीको अनुपस्थितिमा ४–५–१ शैली अप्नाउन सक्ने छ ।
अर्को तर्फ, फ्रान्सका लागि मिडफिल्डर ब्लेज माटुइडी प्रतिबन्धित रहेका छन् । अर्जेन्टिना विरुद्धको जितमा खेलाएकै टोली फ्रान्सले उतार्ने लगभग पक्का रहेको छ । फ्रान्सले अहिलेसम्म प्रतियोगितामा ७ गोल गर्दै ४ गोल खाएको छ । उसका लागि युवा खेलाडी किलियन एम्बाप्पेले सर्वाधिक ३ गोल गरेका छन् ।
उरुग्वे भने आफ्नो रक्षात्मक खेलका लागि चिनिने गर्छ र ४ खेलमा ७ गोल गर्दै केवल १ गोल खाएको छ । तर सर्वाधिक गोलकर्ता काभानीको अनुपस्थितिले खेल अघि फ्रान्सलाई यस खेल जित्ने दाबेदार मानिएको छ ।