असार २२,काठमाडौँ । फ्रान्स विश्वकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । फ्रान्सले उरुग्वेलाई २–ले जितेको हो ।
फ्रान्सको लागि पहिलो हाफको ४० औं मिनेटमा राफेल भरेनाले हेड गोलबाट अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा उरुग्वेले केही सुधारिएको प्रदर्शन गरेको थियो । तर, निकै अनुभवी गोलरक्षक फर्नान्दो मुस्लेरोले गम्भीर गल्ती गर्दा फ्रान्सले अग्रता दोब्बर बनायो ।
६१ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको प्रहार उनले दुई हातले रोकेका थिए । तर, करिव २५ यार्ड टाढाबाट हानेको बल मुस्लेरोको हातबाटै गोलमा परिणत भयो । फ्रान्सले आजै मध्येराती हुने क्वार्टरफाईनलको विजेतासंग सेमिफाईनल खेल खेल्नेछ ।