असार ३०,काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने क्यानडामा क्रिकेट खेलेर फर्केका छन् ।
गत असार १५ गते क्यानडामा आयोजित ग्लोबल टी–ट्वान्टी खेल्न त्यसतर्फ गएका लामिछाने शनिबार बिहान त्रिभुवन विमानस्थल हुँदै स्वदेश फर्केका हुन् ।
लामिछाने मोन्ट्रियल टाइगर्सबाट खेलमा सहभागिता जनाउन त्यसतर्फ गएका थिए । जुलाई १७ मा फर्किने कार्यक्रम तय भए पनि उनी ३ दिनअगावै फर्केका छन् ।