ब्राजिलको पेलेसंग एम्बाप्पेको तुलना !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ३२, सोमबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार ३२,काठमाडौँ । फ्रान्सका केइलिन एमबाप्पे विश्वकप फुटबलको फाइनलमा गोल गर्ने केवल दोस्रो किशोर खेलाडी बनेका छन ।

फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराउँदा १९ वर्षीय एमबाप्पेले पनि गोल गरेका थिए । यसअघि सन् १९५८ को विश्वकपको फाइनलमा ब्राजिलका पेलेले किशोर उमेरमै गोल गरेका थिए । त्यतिबेला ब्राजिल पनि विश्व विजेता बनेको थियो । ब्राजिलको पेलेसंग एम्बाप्पेको तुलना गर्न थालिएको छ ।

एमबाप्पे विश्वकपको फाइनलमा खेल्ने केवल तेस्रो किशोर खेलाडी हुन । पेलेपछि इटालीका जिउसेप्पी बर्गिनीले पनि यो सफलता हात पारेका थिए । बर्गिनीले सन् १९८२ को विश्वकप फाइनल खेल्दा इटाली पनि विजेता बनेको थियो ।

तर त्यस खेलमा बर्गिनीले गोल गर्न सकेका थिए । १९ वर्षीय एमबाप्पेले यस विश्वकपमा चार गोल गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस