इंग्ल्याण्डका ह्यारी केनलाई गोल्डेन बुट, तर ग्रहण गर्न उपस्थित भएनन् !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ३२, सोमबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार ३२,काठमाडौँ । इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन । रुसमा सम्पन्न विश्वकप फुटबलमा ६ गोल गर्दै केनले गोल्डेन बुट जितेका हुन । तर उनि पुरस्कार वितरण कार्यक्रममा उपस्थित भने भएनन् ।

प्रतिस्पर्धामा रहेका पाँच खेलाडीले चार गोल मात्रै गर्न सके । बेल्जियमका लुकाकु, फ्रान्सका एम्बापे र ग्रिजम्यान, रुसको डेनिस चेरिसेभ र पोर्चुगलका क्रिस्टियानो रोनोल्डोले समान चार गोल गरेका हुन । ह्यारी केनको टोली यो विश्वकपमा चौथो भएको छ ।

सेमिफाइनलमा क्रोयसियासँग पराजित भएको इंग्ल्याण्ड तेश्रो स्थानको लागि भएको खेलमा पनि बेल्जियमसँग २–० ले पराजित भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस