साउन ३,काठमाडौँ । चेल्सीका नयाँ प्रशिक्षक मौरीजियाने सारीले बेल्जियम स्टार इडेन हाजार्डलाई क्लबमा राख्न चाहेको बताएका छन । पछिल्लो समय स्पेनी क्लब रियाल मड्रिडसंग जोडिनु भएका हाजार्डले स्टामफोर्ड ब्रिजमा ६ वर्ष बिताएपछि केही नयाँ खोज्ने समय आएको बताएका थिए ।
चेल्सी समाल्न आईपुग्नु भएका सारीले हाजार्ड युरोपेली क्लब फुटबलका उत्कृष्ट खेलाडी मध्य एक भएको बताउदै उनलाई क्लबमै राखेर थप सुधार गर्न चाहको बताएका छन ।
बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिन्जले स्पेनी रेडियोसंग कुरा गर्दै हाजार्डले आफ्नो करियरलाई अगाडी बढाउन चेल्सीको बिषयमा सोच्नुपर्ने बताएका थिए ।