हाजार्ड रियल म्याड्रिडसँग सम्झौता गर्ने अन्तिम तयारीमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण ६, आईतबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन ६,काठमाडौँ । बेजिल्यम फुटबल टोलीका कप्तान एवंम् चेल्सीका फरवार्ड इडेन हाजार्ड रियल म्याड्रिडसँग सम्झौताको निकट रहेको बेल्जियमका सञ्चारमाध्यमले जनाएका छन् । हाजार्ड र रियलबीच केहि दिनमा सम्झौता हुने सक्ने समाचारहरुमा उल्लेख छन् ।

केहि वर्षयता देखि नै हाजार्ड रियल जाने चर्चा चले पनि त्यो सफल हुन सकेको थिएन । विश्व कपको अन्तिम १६ बाट बाहिरिएको केहि दिनपछि रियलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्स सरुवा भएपछि क्लबको फरवार्ड लाइनमा समस्या पर्ने देखिएको छ । त्यस कारणपनि उनको विकल्पका रुपमा हाजार्डलाई भित्राउन रियल हतारिएको बताइएको छ ।

बेल्जियमका केहि सञ्चारमाध्यमले हाजार्डका बाबु र रियलबीच छलफल भएको उल्लेख गरेका छन् । हाजार्डका बाबु उनका एजेन्ट पनि हुन् । सो समाचारमा १ सय ९० मिलियन युरोमा दुई पक्षबीच सम्झौता अन्तिम चरणमा पुगेको पनि जनाइएको छ ।

अर्को तिर चेल्सी पनि उनको पारिश्रमिक बढाएर भएपनि हाजार्डलाई राख्न चाहन्छ । हाजार्ड आफैले पनि रियल जाने इच्छा यसअघि नै देखाइसकेकोले रोक्न सहज भने छैन । रोनाल्डोको विकल्पका रुपमा हेरिएका केहि खेलाडी मध्ये हाजार्ड पनि एक हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस