महिला राष्ट्रिय लिग फुटबल : आर्मीले पुलिसलाई १–० ले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण ७, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ७,काठमाडौँ । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मीले पहिलो खेलमा नै जित निकालेको छ ।

आर्मीले अर्को विभागीय टिम पुलिसलाई १–० ले पराजित गर्दै ३ अंक बटुलेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा आर्मीलाई जिताउन शर्मिला थापाको एक मात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेल सकिन ८ मिनेट बाँकी हुँदा थापाले आर्मीका लागि गोल गरीन् । जुन आर्मीलाई तीन अंक बटुल्न प्रयाप्त बन्यो ।

यस्तै आजै भएको अर्को खेलमा रौतहटले काठमाडौलाई ४–० ले पराजित गरेको थियो । पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा रौतहटले ४ गोल गरेको हो ।

रौतहटका लागि लागि रश्मीकुमारी घिसिङले ह्याट्रिक गरेकी थिइन् । उनले ५०,५६ र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् । यस्तै ६८ औं मिनेटमा मनिसा राउतले एक गोल थपिन् ।

आजबाट सुरु भएको प्रतियोगितामा आर्मी र पुलिससँगै एपीएफ, काठमाडौं र रौतहट समावेश छन् । लिग विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस