साउन १४,काठमाडौँ । नेपाल, नेदरल्यान्ड र मेरिवोन क्रिकेट क्लब ९एमसीसी० बीचको त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगतको नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको छ । लन्डनमा भारी वर्षा भएपछि म्याच रेफ्रीले खेल रद्द गरेका हुन् । त्यसअघि नेपालले एमसीसीमाथि ९ विकेटको सानदार जित निकालेको थियो ।
नेपाल र नेदरल्यान्ड्सबीचको टी–२० अन्तर्राष्ट्रिय खेल दोस्रोपटक वर्षाले रोकिएको थियो । टस हारेर ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले १ ओभर ४ बलमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएक थियो । जतिबेला करण केसीले बलिङ गरिरहेका थिए । नेदरल्यान्ड्सका मिचेल रिप्पन ३८ रन तथा स्कट एडवार्डस ३४ रनमा क्रिजमा थिए । यसअघि पनि १२ औं ओभरको खेल सकिदा वर्षापछि रोकिएको थियो ।
त्यसपछि चार ओभर खेल भएको थियो । खेल सुरु भएलगत्तै नेपालले विकेट हात पारेको थियो ।१३औं ओभरमा दीपेन्द्रसिंह ऐरीले रायन टेन ड्यासचेटलाई रनआउट पार्दै नेपाललाई चौथो सफलता दिलाएका थिए । वास्ले वारेसी ४४ जोडे । रायन टेन ड्यासचेटले ३८ रन तथा तोवियस भिस्सी ११ रनमा आउट भए ।
म्याक्स ओ वुड ५ रनमा आउट भए । नेपालका लागि सन्दीप लामिछाने केही महँगा सावित भए । आफ्नो स्पेलको पुरै चार ओभर बलिङ गरेका सन्दीपले ४३ रन खर्चदै एक विकेट पनि लिन सकेनन् । सोमपाल कामी, बसन्त रेग्मी र करण केसीले एक विकेट लिन सफल भएका थिए ।
यही खेलबाट नेपालले तीन वर्षपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेको हो । सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग आयरल्याण्डमा खेलेपछि नेपालले टी–२० अन्तराष्ट्रिय प्रतियोगिता खेलेको थिएन ।अब नेपाल ऐतिहासिक डेब्यु एक दिवसीय खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल १ र ३ अगस्टमा हुनेछ ।