अध्यक्ष श्रेष्ठको दावी : १३औं ‘साग’ तोकिएकै मितिमा’

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र ५, मंगलबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

भाद्र ५ काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) समयमै हुने जिकिर गरेका छन् ।

इन्डोसियाको जकार्तामा भइरहेको एसियाली खेलकुद प्रतियोगिता (एसियाड)काक्रममा अध्यक्ष श्रेष्ठले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग पटक–पटक छलफल भएको र राष्ट्रिय खेलकुद परिषदले पनि भौतिक पूर्वाधार समयमै निर्माण गरेर सकाउने बताएकाले साग तोकिएकै मितिमा हुने बताए ।

दक्षिण एसियाली ओलम्पिक कमिटीले आगामी मार्च ९ देखि १८ सम्म नेपालमा १३औं साग गर्ने निर्णय गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस