तेस्रो टेस्टमा भारत जित नजिक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र ६, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौं । घरेलु टोली इंग्ल्यान्डविरुद्धको पाँच श्रृंखलाको तेस्रो टेस्टमा भारत जित नजिक पुगेको छ । अघिल्ला दुई टेस्ट गुमाइसकेको भारतले तेस्रो टेस्टको चौथो दिनको खेल सकिदा इंग्ल्यान्डलाई दवावमा राखेको छ ।

चौथो दिनको खेलको समाप्तिमा इङ्ल्याण्डले ९ विकेट गुमाएर ३ सय ११ रन बनाएको छ । अब भारतले एक विकेट लिन सके श्रृंखलामा पहिलो जित निकाल्नेछ । भारतलाई जित नजिक पु¥याउन चोट मुक्त हुदै मैदान फर्किएका जसप्रित बुमराहले उत्कृष्ट प्रर्दशन गरे ।

बुमराहले ८५ रन दिएर ५ विकेट लिइसकेका छन् । आदिल राशिद ३० र जेम्स एन्डरसन ८ रन बनाएर क्रिजमा छन् । यसअघि जस बटलर १ सय ६ र बेन स्टोकले ६२ रन जोड्दै भारतलाई चुनौती दिने प्रयास गरेको थियो ।

उनीहरुले पाचौ विकेटका लागि १ सय ६९ रनको साझेदारी गरेका थिए । तर बुमराहले अन्तिम सेसनमा लगातार बटलर र बेयरस्टोलाई आउट गरेपछि खेल भारतको पक्षमा ढल्किएको हो ।

इंग्ल्यान्डका एलेस्टर कुकले १७, ओलिइ पोपीले १६ तथा जोए रुट र किटन जेनिङस्ले समान १३ रन बनाए । इशान्त शर्माले दुई तथा मोहम्मद सामी र हार्दिक पाण्डेयले समान १ विकेट लिए ।

पहिलो इनिङ्समा इंग्ल्यान्डले १ सय ६१ रनमात्र बनाउन सकेको थियो । त्यसअघि दोस्रो इनिङ्समा भारतीय कप्तान विराट कोहलीको शतकीय योगदान मद्दतमा भारतले ३ सय ५२ रन बनाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस