सीपीएलमा सन्दीपलाई लगातार सफलता

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र ६, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् ।

सन्दीपको टोली सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सले सेन्ट लुसिया स्टारर्सलाई ७ विकेटले पराजित गर्यो । सन्दीपले २ अोभर बलिङ गर्दै १२ रन खर्चेर २ महत्वपूर्ण विकेट लिएपछि स्टार्सको टोली १३ अौं अोभरमा ६९ रन जोड्दै अलअाउट भएको थियो ।

सन्दीपले अाफ्नो तेस्रो बलमा डेविड वार्नरलाई १४ रनमा क्याचअाउट गराए । उनकै दोस्रो अोभरको चौथो बलमा सर्वाधिक २४ रन बनाएका काइस अहमद स्टम्पिङ अाउट भएका थिए । स्टार्सका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सन्दीपको टोलीबाट सेल्डन कटरेलले ३ तथा महमुदुल्लाहले २ विकेट लिए ।

जवाफमा प्याट्रियट्सले ८ अोभरमा तीन विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । डवोन थोमसले २१ बलमा नटअाउट ३८ रन जोडेपछि जित सहज भयो । प्रतियोगितको ४ खेलमा सन्दीपको टोलीको यो दोस्रो जित हो । टोली अंक तालिकाको चौथो स्थानमा रहेको छ । सन्दीपले ४ खेलमा ७ विकेट लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस