भाद्र ८,काठमाडौँ । नेपाली पुरुष भलिबल टोली इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) को समूह चरणबाटै बाहिरिएको छ ।
गोर बुलुन गन इन्डोर स्टेडियममा भएको समूह ‘डी’ अन्र्तगतको आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण कोरियासँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपाल कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
नेपालले पहिलो सेट २५–१६ ले गुमाएको थियो । दोस्रो सेट २५–१३ ले गुमाएको नेपाल अर्को सेटमा २५–१४ ले पराजित भएको थियो । नेपाल पहिलो खेलमा चाइनिज ताइपेईसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।