नेयमार र एमबाप्पे एकअर्कासँग खेल्नै बनेका हुन् !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र १३, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १३, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टारद्वय नेयमार र केलियन एमबाप्पले एक अर्कासँगै खेल्नका लागि बनेका बार्सिलोनाका रक्षक सामुयल उम्टिटीले बताएका छन् ।

उम्टिटीसँग नेयमार र एमबाप्पले दुवैसँग खेलेको अनुभव छ । फ्रान्सले रसियामा विश्व कप जित्दा एमबाप्पे र उम्टिटी टोलीका महत्वपूर्ण सदस्य थिए । उनले नेयमारसँग पनि बार्सिलोनमा खेले ।

बार्सिलोनाका सेन्टर हाफले पिएसजीका बारेमा भने,‘ नेयमार जति बेला बार्सिलोनामा थिए उनी टोलीका एकदमै उत्कृष्ट सहकर्मी हुन् । उनी त्यस्ता हुन् जो हरेक समय आनन्दमा रहन्छन् । हरेक समय खुसी रहने र अरुसँग जिस्कन मिल्न सक्छन् । उनको खेल क्षमताका बारेमा हामी सबै जानकार छौं । उनी खेललाई उल्टाउन सक्छन् । उनी उच्च स्तरमा खेल्न सक्छन् ।’

उम्टिटी त्यतिमा रोकिएनन् । ‘नेयमार र एमबाप्पे निकै खुसी खेलाडी हुन् । र उनीहरुसँगै खेल्न बनेका हुन् । उनीहरु सँगै नहुनुपर्ने कुनै कारण छैन । विश्वकपको सम्झना अझै ताजा रहेका युवा रक्षक विश्व कप जितेको रात अझै स्मरणमा रहेको बताउछन् ।

‘म हरेक दिन हामीले विश्व कप जितेको बारेमा सोच्ने गर्छु । म जति बेला फोन उठाउँछु । त्यसमा रहेको वालपेपर हेर्छु,’ उनले भने, ‘यो सत्य हो म हरेक दिन त्यहि विश्व कप जितेको बारेमा सोच्छु । म परिवार र टोलीका साथीहरुलाई त्यहि क्षणका बारेमा बताइरहन्छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस