भाद्र १४, काठमाडौं । एसीसी एसिया कप छनोटमा छनोट हुनका लागि जित्नैपर्ने जारी यूएर्इविरुद्धको खेलमा नेपालले २ सय ५५ रनको लक्ष्य पाएको छ।
मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा बुधबार अोमानसँग ७ विकेटले पराजित भएको नेपाललार्इ यूएर्इविरुद्धको जारी खेलमा जित्नैपर्ने दबाब अाएको हो।
६ टोली सम्मेलित जारी प्रतियोगिताको शीर्ष टोली एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानको समूहमा पर्नेछ।
किनरा अोभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएक यूएर्इले निर्धारित ५० अोभरमा ९ विकेट गुमाएर २ सय ५४ रन बनाएको हो। नेपाली युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे।
सन्दीपले १० अोभर २ अोभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका थिए।
आइसीसीबाट एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई)को मान्यता पाएको यस खेलमा नेपाली अलराउण्डर सागर पुनले डेब्यू गरेका छन्।
डेढवर्ष पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका सागरले पहिलो ओडिआई खेल्न लागेका हुन्। गत मार्चमा नेपालले ओडिआई मान्यता पाएपछि नेदरल्याण्ड्सविरुद्ध दुईवटा खेल खेल्दा सागर टोलीमा थिएनन्।
बुधबार एसिया कप छनोटको पहिलो खेल खेलेका उनले ८३ रनको पारी खेलेका थिए। यूएई विरुद्धको नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन्।
पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएपछि यूएईविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब छ।
५० ओभरका खेलमा नेपाल र यूएई अहिलेसम्म १४ खेलमा आमने सामने भएका छन्। जसमा यूएई हावी देखिन्छ। यूएईले १० खेल जित्दा नेपालले तीन खेलमात्रै जित्न सकेको छ भने एक खेलमा बराबरीको नतिजा आएको छ।