भाद्र १७,काठमाडौँ । एसिया कप छनोट क्रिकेटमा मलेसियालाई हराएको नेपालले अघिल्लो चरण पुग्न आज सिंगापुरसँग खेल्दै छ ।
ओमान र युएईसँग हारेको नेपालले मलेसियालाई हराएर छनोट प्रतियोगिताको फाइनल पुग्ने सम्भाना जीवितै राखेको छ । यद्यपि अघिल्लो चरण पुग्न नेपालले सिंगापुरलाई जित्नै पर्ने दबाब छ ।
आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई १८९ रनको चुनौती दिएको थियो । मलेसिया ९ विकेटको नोक्सानीमा १६९ रनमै समेटिएपछि नेपाल १९ रनले विजयी भयो ।