साफ च्याम्पियनसिप : नेपाललाई हराउदै पाकिस्तान २–१ ले विजयी !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र १९, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र १९,काठमाडौँ । साफ च्याम्पियनसिपमा अतिरिक्त समयमा नेपालली खेलाडीहरु सम्हालिन नसक्दा पाकिस्तानलाई २–१ ले विजयी भएको छ । बंगलादेशको बंगबन्धु स्टेडियममा पाकिस्तानविरुद्ध नेपालले १–० ले पछि परेको नतिजालाई उल्ट्याएको थियो ।

३५ औं मिनेटमा नेपालका विराज मजर्हनले डी बक्स भित्र फल गरे पछि पाकिस्तानले पाएको पेनाल्टी गोलमा परिणत गरेको हो । पाकिस्तानका मोहम्द रियाजले पेनाल्टी मार्फत गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि बराबरी गोल गर्न ८२औं मिनेट कुर्नुपरेको थियो ।

८२ औं मिनेटमा निराजन खड्काको पासमा विमल घर्तिमगरले नेपालका लागि बराबरी गोल गरेका थिए । निराजन नबयुग श्रेष्ठलाई रिप्लेस गर्दै मैदान आएका हुन् ।

तर अन्तिम समयमा नेपालले आफूलाई सम्हाल्न नसक्दा पराजीत हुन पुग्यो । पाकिस्तानका लागि मोहम्द अलिले खेल सकिन केही सेकेण्डमात्र बाँकी रहेका बेला निर्णायक गोल गरे ।

निर्धारित समय भरि नेपालले आज एउटा मात्रै पहेँलो कार्ड पायो भने पाकिस्तानले २ वटा पहेँलो कार्ड पाएको थियो । नेपालले अब पर्सी भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस