भाद्र २३,काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल अन्तरगत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह चरणको अन्तिम खेल अन्र्तगत नेपाल र घरेलु टोली बंगलादेशको खेल नेपाली समय अनुसार राति पौने ७ बजे बंगबन्धु रंगशालामा हुने छ । आजको खेलमा नेपालले कम्तीमा जित निकाल्न सके अर्को चरणमा प्रवेश गर्ने छ । तर त्यसअघि पाकिस्तान र भुटानको खेलको नतिजाले पनि प्रभाव पार्ने छ । पाकिस्तानले भुटानलाई पराजित गरेमा नेपाललाई जित्नै पर्ने दबाब हुँदा बंगलादेशले बराबरी गरे मात्रै पुग्ने छ ।
समूह चरणको दुई खेलबाट नेपाल र पाकिस्तानले ३–३ अंक जोडेका छन् भने बंगलादेशले २ खेलमै जित निकाल्दै ६ अंक जोडिसकेको छ ।
यदि भुटानको पक्षमा नतिजा आए वा बराबरी भए नेपाललाई फाइदा हुनेछ । यस्तो अवस्थामा पाकिस्तान र नेपाल चार अंक हुनेछ । र गोलअन्तरको आधारमा सेमिफाइनलमा पुग्नेछ । पाकिस्तानले जिते नेपाललाई बंगलादेशविरुद्धको खेल जित्नैपर्ने दबाब हुनेछ ।
नेपाल र बंगलादेश अहिले सम्म २१ पटक भिडेकोमा नेपालले ६ पटक मात्रै जित निकाल्न सकेको छ । बंगलादेशले १२ खेलमा जित हात पार्दा ३ खेल बराबरी भएको छ । भने १ खेल बराबरी भएको थियो ।