यूईएफए नेशन्स लिग : विश्वकप उपविजेता क्रोएसियाको पोस्टमा स्पेनको ६ गोल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र २७, बुधबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

भाद्र २७,काठमाडौँ । यूईएफए नेशन्स लिग ए को समूह डी अन्तर्गत स्पेनले विश्वकप उपविजेता क्रोएसियालाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

समूहको पहिलो खेलमा गएको शनिबार इंग्ल्याण्डलाई हराएको लुइस एनरिकेको टोली स्पेनले मंगलबार राति भएको खेलमा क्रोएसियाविरुद्ध फराकिलो अन्तरको जित निकालेको हो ।

युवा खेलाडीहरुको बाहुल्यता रहेको स्पेनिस टोली यस प्रतियोगितामा निक्कै उत्कृष्ट लयमा देखिएको छ । विश्वकपको अन्तिम १६ बाट माथि जान नसकेको स्पेलले प्रशिक्षक लुइस एनरिकेको आगमनसँगै असाधारण प्रदर्शन गरिरहेको छ ।

हालै युरोपका उत्कृष्ट खेलाडीको अवार्ड पाएका लुका मोड्रिच प्रेरित क्रोएसियाविरुद्ध स्पेनका ड्यानियल कार्भाजलको पासमा सउलले २४औं मिनेटमा अग्रता दिलाएका थिए ।

३३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दा त्यसको दुई मिनेटपछि नै क्रोएसियाका गोलरक्षक लोभ्रे कालिनीले आत्मघाती गोल गर्न पुगे ।

स्पेन यति मै रोकिएन । उसले दोस्रो हाफमा ३ गोल थप्यो । ४९ मिनेटमा रोड्रिडो, ५७औं मिनेटमा सर्जियो रामोस र ७०औं मिनेटमा इस्कोले गोल गरेका थिए

ताजा अपडेट

खोजी गर्नुहोस