साफ च्याम्पियनसिप : भरत खवासको कप्तानीमा नेपाल मैदानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र २७, बुधबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २७,काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा माल्दिभ्सविरुद्धको खेलमा भरत खवासको कप्तानीमा नेपाल मैदानमा उत्रिने भएको छ ।

बंगबन्धु राष्ट्रिय रंगशालामा केहीबेरपछि सुरु हुने खेलमा नेपालको सुरुवाती एघार समूह चरणको अन्तिम बंगलादेशविरुद्ध खेलाइएको खेलाडी नै मैदानमा उत्रिदैछन् । कुनै पनि खेलाडी परिवर्तन गरिएको छैन ।

साफ च्याम्पियनसिप फुटबलको करिब २५ वर्षे इतिहासमा नेपाल फाइनलसम्म पुग्न सकेको छैन । यो पटक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको छ ।

तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपाल यो पटक भने ऐतिहासिक छलाङ मार्ने दाउँमा छ । यता, माल्दिभ्स पनि नेपाललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।

नेपाल र माल्दिभ्स पछिल्लो पटक सन् २०१६ मा बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा यही बंगबन्धु राष्ट्रिय रंगशालामा भेट भएको थियो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४(१ गोलअन्तरले पराजित गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस