साफ च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग पराजित !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र २७, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र २७,काठमाडौँ । माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।

त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस