एसिया कप क्रिकेटमा आज हङकङले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन २, मंगलबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

२ असोज, काठमाडौं । एसिया कप क्रिकेटमा आज हङकङले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ५ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।

हङकङलाई पराजित गरे भारत एक खेल खेल्नु अघि नै सेमिफाइनलमा प्रवेश गर्ने छ । भारतलाई पराजित गर्न सकेमा हङकङको पनि सेमिफाइनल पुग्ने सम्भावना जिवितै रहनेछ ।

यसअघि हिजो भएको खेलमा, अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको पहिलो खेलमा श्रीलंकालाई ९१ रनले पराजित गर्दै अफगानिस्तानले एक खेल अगावै एसिया कपको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

लगातार दोस्रो हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका यसअघि पहिलो खेलमा १ सय ३७ रनले पराजित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस