चर्चित स्ट्राइकर विमल घर्तीमगर च्यासल युथ क्लब जाने सम्भावना

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन ६, शनिबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज ६,काठमाडौँ । राष्ट्रिय टिमका खेलाडीहरु क्लबमा आवद्ध भइसकेको अवस्थामा मुख्य स्ट्राइकर विमल घर्तीमगरको भने अझसम्म टुंगो लागेको छैन ।

नेपालमा उपलब्ध १८ खेलाडीमध्ये मनाङ मर्स्याङदीबाट पाँच जना राष्ट्रिय खेलाडीले खेल्नेछन् भने थ्रीस्टार र त्रिभुवन आर्मी क्लबबाट ४–४ जना खेलाडीले खेल्नेछन् ।

यस्तै च्यासलबाट दुई तथा नेपाल पुलिस क्लब र एपीएफबाट एक एक जना राष्ट्रिय खेलाडी खेल्नेछन् ।

च्यासल युथ क्लबले विमल घर्तिमगरलाई अनुबन्धको प्रयास गरेको छ । स्रोतका अनुसार विमलको सम्झौता अन्तिम चरणमा पुगेको छ । विमलले भने च्यासल सहित अन्य केही क्लबमा पनि कुरा भइरहेको बताए ।

यसअघि च्यासल युथ क्लबले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक राजुकाजी शाक्यलार्इ प्रशिक्षकका रुपमा भित्र्याइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस