रातो कार्डपछिको रोनाल्डोको पहिलो गोल, युभेन्टसको विजयी यात्रा कायम

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन ८, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज ८, काठमाडौं । इटालियन क्लब युभेन्नटसले सिरी ए फुटबलमा आफ्नो विजयी यात्रा कायम राखेको छ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसहितको इटालियन च्याम्पियन युभेन्नटसले लिग अन्तर्गत आइतबार राति भएको खेलमा फ्रोसिनोनेलाई २–० ले हराएको हो ।

अवे मैदानमा भएको खेलमा युभेन्टसलाई जित निकाल्नका लागि अन्तिमको समयसम्म पर्खनु परेको थियो । युभेन्सटको जितमा रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले गोल गरे ।

युभेन्टस र रोनाल्डोलाई फ्रोसिनोनेको पोस्टमा गोल गर्न निकै संघर्ष गर्नु परेको थियो । ८१ औँ मिनेटसम्म गोल रहित बराबराबरी भएको खेलमा रोनाल्डोले गोल गर्दै अग्रता दिलाए । इन्जुरी समयको चौथो मिनेटमा बर्नार्डेस्कीले गोल गरेपछि युभेन्टस २–० ले विजयी भयो ।

युभेन्टसले बलमा नियन्त्रण राम्रो कायम गरेको थियो । तर गोलका लागि भने निकै कठिन भयो । उसले मात्रै ८ पटक पोस्ट प्रहार गर्न सकेको हो । रोनाल्डोले पहिलो हाफमा पनि गोल गर्ने सुन्दर मौका बनाएका थिए । तर गोल भने हुन सकेन । यस्तै दोस्रो हाफमा एलेक्स सान्ड्रोले पनि सुन्दर प्रहार गरेका थिए ।

रोनाल्डोले च्याम्पियन्स लिग फुटबल अन्तर्गत युभेन्टसबाट डेब्यु खेलमा पाएको रातो कार्डको पीडालाई बिर्साउँदै गोल गर्न ८१ मिनेटसम्म पर्खनु परेको हो ।

उनले गएको बुधबार च्याम्पियन्स लिग अन्तर्गत भ्यालेन्सियासँगको खेलमा रातो कार्ड पाएका थिए । लगातार पाँच खेल जितेको युभेन्टसको १५ अंक भएको छ र दोस्रो स्थानको नापोली भन्दा तीन अंकले अघि रहेको छ । राति नै भएको खेलमा नापोलीले तोरिनोलाई ३–१ ले हरायो ।

ताजा अपडेट

खोजी गर्नुहोस