बंगबन्धुको उपाधि रक्षाका लागि नेपाली टोली बंगलादेशतर्फ

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन १४, आईतबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज १४,काठमाडौँ । बंगबंधु गोल्ड कपको उपाधि रक्षा गर्ने उद्देश्यसहित नेपाली राष्ट्रिय फुटबल टोली आइतबार बंगलादेशतर्फ प्रस्थान गरेको छ । नेपाली टोलीलाई त्यसतर्फ जानुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीले विदाई गरे ।

अघिल्लो पटक च्याम्पियन बन्दा ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये २५ हजार डलर मात्रै पाएपछि नेपालले पुरा रकम नआउँदा सम्म भाग नलिने अडान लिएको थियो । तर, अन्तिम समयमा पूरा रकम पाएपछि एन्फाले ढिला गरी बंगबन्धु गोल्डकप खेल्ने निश्चित गरेको थियो । बंगबन्धुमा सहभागिता जनाउने भएसँगै झन्डै पाँच वर्षपछि शुरु भएको शहिद स्मारक ‘ए’ डिभिजन लिग प्रभावित हुने भएको छ ।

नेपालले बंगबन्धु गोल्डकपको लागि अघिल्लो साताबाटै प्रशिक्षण शुरु गरेको थियो । डिफेन्डिङ च्याम्पियन नेपाल बंगबन्धु गोल्डकपको समूह ‘ए’ मा रहेको छ । नेपालले प्यालेस्टाइन र ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसँग अक्टोबर ६ मा खेल्नेछ । दुई समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । गोल्डकप असोज १५ देखि २६ गतेसम्म ढाका, सिलेट र कक्स बजारमा हुदैछ ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले उपाधि रक्षा नै टोलीको लक्ष्य भएपनि सहज भने नहुने बताएका छन् । ‘पहिला भन्दा निकै स्तरीय र वरियतामा माथिल्लो स्थानमा रहेका टोलीहरु छन्,’ उनले भने, ‘हामीलाई दबाब छ । तर पनि हामी सक्दो राम्रो गर्ने प्रयास गर्नेछौं ।’

एन्फाले गत सोमबार मात्रै बंगबन्धु गोल्डकपका लागि २० सदस्यीय टोलीको घोषणा गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस