शहीद स्मारक ए डिभिजन : संकटा क्लबको विजयी सुरुवात

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन १४, आईतबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असोज १४,काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा संकटा क्लब विजयी भएको छ ।

सरस्वती युवा क्लबलाई १–० ले हराउँदै संकटा पहिलो तीन अंक जोड्न सफल भएको हो । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा लक्ष्मण रुचालको अन्तिम समयको गोल निर्णायक बनेपछि संकटा यो सिजन तीन अंक जोड्ने पहिलो टिम बनेको हो ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा क्यामरुनका खेलाडी म्याक्सवेलको क्रसमा रुचालले गोल गरेका थिए ।

करिब पाँच वर्षपछि सञ्चालन भएको लिग सोमबारदेखि केही समयका लागि स्थगित हुँदैछ । नेपाल राष्ट्रिय टिम बंगलादेशमा भोलिदेखि हुने बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि लिग केही समयका लागि स्थगित हुने भएको हो ।

नेपाली टिम आज बंगलादेश प्रस्थान गरेको छ । बंगबन्धु गोल्डकपमा मंगलबार नेपालले ताजिकिस्तानसँग खेल्नेछ ।

शहीद स्मारक ए डिभिजन : संकटा क्लबको विजयी सुरुवात

ताजा अपडेट

खोजी गर्नुहोस