बंगबन्धु गोल्डकप : साविक विजेता नेपाल ताजिकिस्तानसँग पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन १६, मंगलबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १६,काठमाडौँ । बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ ।

बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा भएको खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

ताजिकिस्तानका कप्तान फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीलाई गोलमा परिणत गर्दै नेपालविरुद्ध एक–शून्यको अग्रता बनाएका थिए ।

दोस्रो हाफको ६८ औँ मिनेटमा ताजिकिस्तानका टुरीनोभ कोमरोनले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

नेपालले पटक–पटक आक्रमणको प्रयास गरे पनि गोल भने गर्न सकेन । नेपालले आउँदो शनिबार प्यालेस्टाइनसँग खेल्नेछ ।

आजै भएको पहिलो खेलमा आयोजक राष्ट्र बंगलादेशले लाओसलाई एक(शून्यले हराउँदै विजयी सुरुवात गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस