सन्दीप पाकिस्तान प्रिमियर लिगको ड्राफ्टमा !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन १९, शुक्रबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाडौं । पछिल्लो सयम अन्तर्राष्ट्रिय क्रिकेट लिगहरुमा उत्कृष्ट प्रर्दशन गर्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने चर्चित पाकिस्तान प्रिमियर लिग (पीएसएल) को ड्राफ्टको सूचिमा परेका छन् ।

पीएसलको ड्राफ्ट अस्टेलियाका पूर्व कप्तान स्टिभ स्मिथ,साउथ अफ्रिकाका पूर्व कप्तान एबी डे भिलियर्स सहित ५०० जना खेलाडी ड्राफ्टमा परेका छन् । ड्राफ्टमा कुन कुन खेलाडी रहेका छन् भनेर आधिकारीक रुपमा भने सार्वजनिक गरिएको छैन । तर सन्दीपको नाम भने ड्राफ्टमा रहेको नेपाली टोलीका टेक्नीकल म्यानेजर रमन शिवाकोटीले बताएका छन् ।

पिएसएल आगमी फेब्रुअरीमा आयोजना हुने छ । जस्मा छ टोलीको सहभागिता रहने छ । गत संकरणको ड्राफ्टमा परेपनि कुनै पनि टिमले सन्दीपलाई भाउ लगाएका थिएनन् । तर यस पटक भने सन्दीप महँगो मुल्यमा बिक्री हुने सम्भावना उच्च रहेको छ । गत संकरणको पिएसएलको उपाधि इस्लामबाद युनाइटेडले पेशावर जल्मीलाई ३ विकेटले पराजित गर्दै जितेको थियो ।

पछिल्लो एक बर्षमा सन्दीपलाई अन्तर्राष्ट्रिय लिग खेल्न भ्याई नभ्याई रहेको छ । इन्डियन प्रिमियर लिग(आइपीएलमा) दिल्लीबाट व्यवसायिक क्रिकेट थालेका सन्दीपले ग्लोबल टी–२० क्यानडा,क्यारेवियन प्रिमियर लिग जस्ता विश्वचर्चित लिगमा खेली सकेका छन् । त्यस्तै अफगानिस्तान प्रिमियर लिग र युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टी-१० मा पनि अनुबन्ध भई सकेका छन् । सन्दीप क्रिकेटबाटै एक बर्षमा करोडपति बनि सकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस