असोज १९, काठमाडौं । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्वअमेरिकी मोडेलले आफूमाथि लगाएको यौनशोषणको आरोपको खन्डन गरेका छन् ।
अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छन् ।
रोनाल्डोकाविरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ ।
पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन् ।
‘मेराविरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन’–३३ वर्षीय रोनाल्डोले भनेका छन्–‘बलात्कार घृणित अपराध हो ।’
उनी अहिले इटालीको युभेन्टस क्लबबाट खेल्ने गर्दछन् ।
प्रहरीले ‘पीडित’को नाम सार्वजनिक गरेको छैन ।