जर्मनीमाथी नेदरल्यान्डको शानदार जीत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ आश्विन २८, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाडौं । यूईएफए नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्याण्डन्सले जर्मनीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

नेसल्स लिगको लिग ए अन्तर्गत समूह एकमा नेदरल्याण्डले पूर्व विश्वच्याम्पियन जर्मनीलाई हराउन सफल भयो । नेदरल्याण्ड्सका लागि ३०औं मिनेटमा लिभरपुलका स्ट्राइकर भिर्गिल भान जिकले गोल गरी अग्रता दिलाएका थिए । दोस्रो हाफमा घरेलु टोली नेदरल्याण्ड्सले दुई गोल थप्यो ।

८६औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दा खेलको इन्ज्यूरी समयमा जर्जियानो विज्नाल्डमले तीन शून्यको जित सुनिश्चित गरे । पहिलो खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेको जर्मनी यो समूहको अन्तिममा पुगेको छ । सन् २०१४ को विश्वकप विजेता जर्मनी अहिले खराब लयबाट गुज्रिरहेको छ ।

जोचिम लो को प्रशिक्षणमा रहेको जर्मनीले पछिल्लो १३ खेलमा तीन खेलमा मात्र जित हासिल गर्न सकेको छ । यस्तो नतिजा आइरहेको समयमा सन् २००४ यता जर्मन टोलीको बागडोर संहालिरहेका प्रशिक्षक लो को भविष्य पनि संकटमा परेको छ । जर्मनी रुस विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस