पीपीएल क्रिकेट : पोखरालाई ३३ रनले हराउँदै बुटवल शीर्ष स्थानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक ११, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

कार्तिक ११,काडमाडौँ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई ३३ रनले हराएको छ । लगातार दोस्रो जित निकाल्दै बुटवल शीर्ष स्थानमा रहेको छ ।

आइतबार पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवलले पोखरालाई १ सय ५१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनाएको हो ।

पोखराका लागि आशिफ शेखले १५ बलमा २० रन, रभि इन्दर सिंहले २१ बलमा ११ रन, शरद भेषावकरले २४ बलमा १९ रन बनाए । रसिद खानले ८ बलमा १० रन, मोहम्मद नाभेदले ९ बलमा ११ रन बनाए । बुटवलको कसिलो बलिङका सामु पोखरा टिक्न सकेन ।

बुटवलका लागि सोमपाल कामी, रोहन मुस्तफा, ललित भण्डारी र विपिन खत्रीले दुई–दुई साथै सागर पुनले एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ५० रन बनाएको थियो ।

बुटवलका ओपनर चिराग सुरी र सागर पुन चल्न नसके पनि रोहन मुस्तफा र भीम सार्कीले उत्कृष्ट पारी खेलेका थिए । रोहनले ३५ बलमा ४५ रन बनाए भने भीमले ४६ बलमा ५४ रन बनाए । सिद्धान्त लोहनीले ११ बलमा १३ रन साथै सोमपाल कामीले ८ बलमा २२ रन बनाए ।

पोखराका मोहम्मद नाभेदले अन्तिम ओभरमा नै तीन विकेट लिए । साथै महबुब आलम, ललित राजबंशी, शरद भेषावकरले एकरएक विकेट लिए ।

आइतबार नै भएको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस