कात्तिक १२, काठमाडौं । जारी साफ यू–१५ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल बंगलादेशलाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा रहेको छ ।बंगलादेश पनि नेपाललाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा छ । दुवै टिमले समान १–१ खेल खेलेको छ । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । यता, बंगलादेशले पनि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई नै पराजित गरेको थियो ।
नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । यता, बंगलादेशले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको थियो ।
सेमिफाइनल समीकरण आजै पूरा हुदैछ । समूह बी अन्तर्गतको अन्तिम खेलमा आज भारतले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । यो समूहबाट पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनल पुगिसेकको छ ।