१५ वर्षमुनिको साफ च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक १२, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक १२,काठमाडौँ । काठमाडौंमा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल २–१ ले पराजित भएको हो ।

बंगलादेशको जितमा दुवै गोल एन्बे अहमदले गरे । नेपालका लागि जान लिम्बूले पेनाल्टीमार्फत् एक गोल गरेका थिए ।

१० जनामा समेटिएको बंगलादेशमाथि हावी हुन नसक्दा नेपाल पराजित भएको हो ।

यो हारले नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा पुग्दा बंगलादेश समूह विजेता बनेको हो । अब सेमिफाइनलमा नेपालले पाकिस्तानसित खेल्नेछ । पाकिस्तान समूह ‘बी’को विजेता हो । अर्को सेमिफाइनलमा बंगलादेश र भारत भिड्नेछन् ।

दुवै सेमिफाइनल खेल आगामी बुधबार हुनेछन् । ६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा समूह ‘ए’बाट माल्दिभ्स र समूह ‘बी’बाट भुटान समूह चरणबाटै बाहिरिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस