पोखरा प्रिमियर लिग : उपाधिको लागि पारस र शरदको टिम भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ कार्तिक २०, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कात्तिक २०, काठमाडौं । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि आज कप्तान पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरि रहेको घरेलु टोली पोखरा पल्टनबीच भिडन्त हुँदैछ । खेल विहान ११ बजेबाट पोखरा रंगशालामा चल्ले छ ।

पोखरा लिग तालिकाको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवनले अन्तिम तीन खेलमा लगातार जित निकाल्दै प्ले अफमा हुलास काठमाडौँ रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । समुह चरणको खेलमा पोखराले चितवनलाई ५ विकेटले पराजित गरेको थियो ।

समुह चरणमा कुन टोलीको प्रर्दशन कस्तो ?

पोखरा – पहिलो खेलमा विराटनगरलाई ५८ रनले हराएको पोखराले दोस्रो खेलमा वुटवलसँग ३३ रनले पराजित हुन पुगेको थियो । त्यस्तै तेस्रो खेलमा चितवनलाई ५ विकेटले पराजित गर्दा चौथो खेलमा धनगढीसँग २ विकेटले पराजित हुन पुग्यो । अन्तिम तथा पाँचौ खेलमा घरेलु टोली पोखराले हुलास काठमाडौा रोयल्सलाई ४ विकेटले पराजित गर्दै ५ खेलमा ३ मा जित र २ मा हारका साथ अंक तालिकाको शिर्ष स्थानमा रहदैँ सोझै फाइनल प्रवेश गरेको हो । जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका विदेशी खेलाडी रवि इन्दर सिंह, मोहम्मद नविदसँगै ललितनाराण राजवंशी र राशीद खानको प्रर्दशननै उपाधि चुम्ने वा गुमाउने भन्नेमा धेरै निर्भर रहने छ । साथै पोखराले घरेलु मैदानमा घरेलु दर्शकको पनि राम्रो साथ पाउने अपेक्षा गरिएको छ ।

चितवन – पहिलो खेलमा बुटवलसँग ७० रनले पराजित भएको चितवन दोस्रो खेलमा पोखरासँग ५ विकेटले पराजित हुन पुग्यो । तेस्रो खेलमा धनगढीलाई १ सय २६ रन र काठमाडौँलाई १३ रनले पराजित गर्दै चितवनले खेलमा पुनरागमन गरेको थियो । अन्तिम खेलमा विराटनगरलाई ४ विकेटले पराजित गर्दै ५ खेलमा दुईमा हार र ३ मा जितका साथ दोस्रो स्थानमा रहदै प्ले अफमा खेल्ने मौका पाएको थियो । सन्नी पटेल, स्मित पटेल, करण केसी र हरि शंकर शाह प्रर्दशनले फाइनल खेलमा ठूलो प्रभाव पार्ने छ ।

विजेता टोली २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । पूर्वघोषित पुरस्कार अनुसार प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र बलरले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल पाउने छन् । मोस्ट भ्यालुएबल प्लेयरलाई १ लाख र उदयीमान खेलाडीलाई ५० हजार रुपैयाँको व्यवस्था गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस