मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ मंसिर २३, आईतबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले स्पानोयललाई चार शून्यले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । खेलको १७ औं मिनेटमा नै लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि २६ औं मिनेटमा मेस्सीको पासमा डिबालाले गोल गर्दै बार्सिलोनालाई दुई शून्यले अगाडि राखे ।

४५ औं मिनेटमा डिबालाको पासमा लुइस स्वारेजले बार्सिलोनाका लागि तेस्रो गोल गरे । पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको बार्साले ६५ औं मिनेटमा चौथो गोल गर्‍याे ।

यसपटक टिमका लागि मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । जितपछि बार्सा १५ खेलबाट ३१ अंक बनाउदै लिगको शीर्ष स्थानमा छ भने दोस्रो स्थानको सेभियाको २८ अंक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस