चर्चित बलर शक्ति गौचनद्धारा सन्यासको घोषणा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ मंसिर २९, शनिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २९, काठमाडौं । नेपाली क्रिकेटका चर्चित बलर शक्ति गौचनले संन्यास लिएका छन्। शनिबार एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पोखरा पल्टनबाट खेल्दै शक्तिले संन्यास घोषणा गरेका हुन्। शक्तिले संन्यास घोषणा गरेको खेलमा पोखरा चितवन टाइगर्ससँग पराजित भएको छ।

शक्ति पोखराको उपकप्तानको जिम्मेवारीमा थिए। शनिबारको खेलमा चितवन टाइगर्ससँग पोखरा ७ विकेटले पराजित भएको हो।

गत असारमै अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिएका शक्तिले राष्ट्रिय टोलीबाट एक खेल खेल्दै सन्यास लिने तयारी गरेका थिए। यद्यपी शनिबार नै उनले संन्यास घोषणा गरेका हुन्।

शक्तिले क्रिकेट खेलबाट संन्यास लिए पनि अबको दिनमा क्रिकेट क्षेत्रकै लागि काम गर्ने घोषणा गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस