साफ महिला च्याम्पियनसीपको तयारी : समिति गठन गरी काम सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष ६, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस ६,काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विराटनगरमा हुने साफ महिला च्याम्पियन्सीप २०१८ को तयारी सुरु भएको छ । यसका लागि सचिवालय समिति र मैदान व्यवस्थापन समिति गठन गरेको छ । विराटनगमा आयोजना हुने साफ तयारीका लागि दुईवटा समिति गठन गरिएको एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार च्याम्पियन्सीपको समय नजिकिँदै गर्दा साफ च्याम्पियनसीपको तयारी अनुसार समितिद्वारा सचिवालय एन्फाका सह महासचिव बसन्त अर्यालको संयोजनमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जसमा जिल्ला फुटबल संघ मोरङका महासचिव ओमप्रकाश मास्के, वरिष्ठ उपाध्यक्ष विमल राजभण्डारी, उपाध्यक्ष दिपेन्द्र तिवारी र सदस्य अभयकुमार राई रहेका छन् ।

त्यसैगरि, मैदान व्यवस्थापनका लागि फुटबल संघ मोरङका अध्यक्ष दिपेन्द्र धिमालको संयोजकत्वमा मधुसुदन खनाल, मदन काफ्ले, अरुण लामा र राजु थापा रहेका छन् ।

साफ च्याम्पियन्सीप तयारी समितिका संयोजक एवं एन्फाका केन्द्रीय उपाध्यक्ष पंकज विक्रम नेम्बाङले प्रदेश १ ले अन्र्तराष्ट्रिय प्रतियोगिता गर्ने सुनौलो अवसर पाएकोमा सबै मिलेर सफल बनाउन आग्रह गरे । साफ च्याम्पियनसीप प्रदेशसँगै विराटनगरका बाासीन्दाका लागि चुनौती र अवसर दुवै भएको उनले बताए ।

एन्फाका पूर्व मानार्थ उपाध्यक्ष सन्तोष बानियाँले साफको गरिमालाई सफल बनाउन सबैलाई समेट्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी एन्फाका सदस्य दीपक राईले च्याम्पियन्सीपका चुनौतीहरुलाई पहिचान गर्दै समन्वयमा कार्य गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित पदाधिकारीले अन्तर्राष्ट्रिय टोलीका लागि उचित होटलको ब्यवस्थापन, सुरक्षा अवस्था तथा भौतिक संरचनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए ।

महिला साफको पाँचौ संस्करण फागुन २८ गतेदेखि चैत ८ गतेसम्म विराटनगरमा हुँदैछ । च्याम्पियन्सीपमा आयोजक राष्ट्र नेपालसँगै भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस