ए डिभिजन लिग : हिमालयन शेर्पालाई हराएपनि थ्रीस्टार तेस्रो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष २२, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस २२,काठमाडौँ । थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा को खेल मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई २–० गोलअन्तरले पाखा लगाउँदै लिगमा तेस्रो स्थान हात पारेको हो । थ्रिस्स्टारको जितमा बुद्ध चेम्जोङ र रञ्जन विष्टले गोल गरे ।

खेलको पहिलो हाफको २८औँ मिनेटमा रञ्जन विष्टको पासमा बुद्ध चेम्जोङले गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाए ।

त्यस्तै खेलको दोस्रो हाफको ८८औँ मिनेटमा रञ्जित धिमालको पासलाई रञ्जन विष्टले सदुपयोग गर्दै गोल गरे । यस जितसँगै थ्रीस्टारले लिगको १३ खेलमा आठ जित र दुई बराबरीसँगै २६ अङ्क जोडेको छ ।

पराजित हिमालयन शेर्पा १३ खेलमा १७ अङ्कका साथ सातौँ स्थानमा यथावत् रह्यो । प्रतियोगिताको उपाधि यसअघि नै मनाङ–मस्र्याङ्दी क्लबले हात पारेको छ । त्यस्तै प्रतियोगितामा सङ्कटा क्लब दोस्रो भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस