अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष २३, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष २३, विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।

जिल्ला कबड्डी सङ्घको सहयोगमा यही पुस २७ देखि २९ गतेसम्म प्रतियोगिता हुने भएको छ ।

सङ्घका अध्यक्ष भुवनेश्वर मण्डलले सञ्चारकर्मीसँग आज कुरा गर्दै प्रदेश नं १ मा पहिलो पटक हुन लागेको उक्त प्रतियोगितामा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालबाट नेपाल आर्मी तथा नेपाली कबड्डी राष्ट्रिय टोलीसहित पाँच टोलीको सहभागिता रहने बताए।

सङ्घका सचिव उपेन्द्र यादवले प्रतियोगितामा विजयी हुने टोलीलाई नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस