अन्तिममा सेबालोसले गरे ‘आइस ब्रेक’, रियल मड्रिडको महत्वपूर्ण जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै रियल मड्रिडले आफूलाई अंक तालिकाको शीर्ष चारमा पार्न सफल भएको छ ।

अवे मैदानमा भएको खेलमा अन्तिम समयको गोलले रियल मड्रिडले रियल बेटिसलाई २–१ ले हराएको हो । रियल मड्रिडको जितमा लुका मोड्रिक र डानी सेबालोसले गोल गरे । रियल बेटिसका लागि कानालोसले एक गोल फर्काए ।

१३ औँ मिनेटमा लुकाको गोलबाट रियल मड्रिडले सुरुवाति अग्रता लियो । ६७ औँ मिनेटमा कानालेसले रियल बेटिसका लागि बराबरी गोल फर्काए ।

अन्तिम समयसम्म बराबरीको अवस्थामा रहेको खेलमा ८८ औँ मिनेटमा रियल मड्रिडका लागि सेबालोसले ‘आइस ब्रेक’ गरे । उनले ८८ औँ मिनेटमा विजयी गोल गरे । यो गोलले रियल मड्रिडलाई महत्वपूर्ण तीन अंक दिलायो र टिम चौथो स्थानमा उक्लिन सफल भयो ।

उसको १९ खेलबाट ३३ अंक भएको छ । आइतबार राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओसँग २–० ले पराजित भएको सेभिल्ला तेस्रो स्थानमा छ र उसको पनि ३३ अंक नै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस