अवे गोलमा पछि पर्‍यो, प्रतियोगिताबाटै बाहिरियो एथ्लेटिको मड्रिड

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ ३, बिहिबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाडौं । एथ्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।

अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा घरेलु मैदानमा जिरोनासँग ३–३ को बराबरीमा रोकिएको एथ्लेटिको मड्रिड अवे गोलका आधारमा पछि परेर प्रतियोगिताबाट बाहिरिएको हो ।

अवे मैदानमा भएको पहिलो लेगमा एथ्लेटिको जिरोनासँग १–१ को बराबरीमा रोकिएको थियो । बुधबार राति घरेलु मैदानमा ३–३ को बराबरी भएपछि समग्रमा ४–४ को बराबरी भयो र जिरोनाले अवे गोलमा एथ्लेटिको मड्रिडलाई पछि पारेको हो ।

ला लिगामा नवौँ स्थानमा छ । अर्थात जिरोना ला लिगामा एथ्लेटिको मड्रिड भन्दा सात स्थान तल र १४ अंकले पछि छ । तर उसले कोपा डेल रे मा अवे गोलमा एथ्लेटिकोलाई पछारेको हो ।

बुधबार रातिको दोस्रो लेगमा एथ्लेटिको मड्रिडका लागि एन कालिनिक, कोरिया र एन्टोनी ग्रिजम्यानले गोल गरे । जिरोनाका लागि फर्नान्डेज, स्टुएनी र गार्सियाले गोल गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस