जापानकी नाओमी पुगिन् अन्तिम चारमा, सेरेना विलियम्ससँग भेट हुने सम्भावना

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ ९, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौं । जापानकी नाओमी ओसाका अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । एलिना स्वीतोलिनालाई सोझो सेटमा हराउँदै नाओमीले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् ।

युएस ओपन च्याम्पियन २१ वर्षकी नाओमीले युक्रेनकी २४ वर्षे स्वीतोलिनालाई ६–४ र ६–१ सेटमा हराएकी हुन् । मेलर्बनमा भएको खेलमा नाओमी उत्कृष्ट लयमा देखिइन् ।

चौथो बरियताकी नाओमीले फाइनल प्रवेशका लागि सेरेना विलियम्स वा कारोरिना प्लिस्कोभासँग प्रतिस्पर्धा गर्ने छिन् । नाओमीले गएको सेप्टेम्बरमा युएस ओपनको फाइनलमा अमेरिकी सेरेना विलियम्सलाई हराएर उपाधि जितेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस