टोटेनहमलाई चोटको पिरलो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ ९, बुधबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाडौं । इंग्लिस क्लब टोटेनहम हस्टपरलाई चोटको पिरलो थपिएको छ । ह्यारी केन चोटमा रहेको अवस्थामा अर्का फरवार्ड डेल अली पनि दुई महिना मैदान बाहिर रहने भएका छन् ।

अलीको चोटसँगै टोटेनहमलाई यो सिजन खेलाडी इन्जुरीको समस्याले पिरोलेको छ । फरवार्ड ह्यारी केन पनि एंकल इन्जुरीको कारण मार्चमा मात्रै मैदान फर्कनेछन् । ग्रोइन इन्जुरीको कारण मुसा सीसीको पनि दुई साता मैदान बाहिर छन् ।

प्रिमियर लिग अन्तरत गत आइतबार फुलहमविरुद्ध २–१ ले जित निकालेको खेलमा २२ वर्षीय अलीले ह्यामस्ट्रिङको चोट बोकेका थिए । अली २ महिना मैदान बाहिर रहने क्लबले जनाएको छ । अली ८६औ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस