यूएईविरुद्ध नेपालकाे दाेस्राे खेल आज, जित्नै पर्ने दबाबमा नेपाल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ १२, शनिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाडौं । यूएई भ्रमणमा रहेको नेपालले आज दोस्रो एक दिवसीय खेल खेल्दैछ । पहिलो खेलमा शुक्रबार यूएईसँग तीन विकेटको पराजय भोगेको नेपाललाई एक दिवसीय श्रृङखला जित्ने आशा कायम राख्न दोस्रो खेल जित्नै पर्ने दबाब छ । यदी शुक्रबार जस्तै शनिबारको खेलमा पनि पराजित भएमा नेपालले एक खेल अगावै सिरिज गुमाउने छ ।

सिरिजमा यूएई १–० ले अघि छ । तुलनात्मक रुपमा राम्रो बलिङ गरेको नेपाललाई ब्याटिङ भने सुधार्नु पर्नेछ । नेपाली समय अनुसार सवा एघार बजे नेपाल र यूएई आईसीसी ग्लोबल एकेडेमीको मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले यूएईसँग १६ वटा एक दिवशीय खेल खेलेको छ । जसमा १२ खेल यूएईले जितेको छ भने तीन खेल नेपालको पक्षमा गएको छ । बाँकी एक खेल बराबरी भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस