दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय: पाकिस्तान ८ विकेटले विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ १३, आईतबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ १३, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेटमा पाकिस्तान ८ विकेटले विजयी भएको छ ।

आजको जितसँगै पाकिस्तानले पाँच एक दिवसीय क्रिकेट श्रृंखला २–२ को बराबरीमा ल्याएको छ । अब अन्तिम खेलकाे नतिजाले उपाधिको छिनोफानो गर्ने छ ।

दक्षिण अफ्रिकाले दिएको १६५ रनको लक्ष्य पाकिस्तानले ३१.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानको जितमा इमामुल हकले ७४ तथा फखर जमानले ४४ रन बनाउँदा बाबर आजम ४१ रनमा नट आउट रहे ।

पहिले ब्याटिङ गरेको अफ्रिका ४१ ओभरमा १६४ रन बनाउँदै अल आउट भएको थियो । उसका लागि हाशिम अमलाले ५९ रन बनाउँदा फाप डु प्लेसिले ५७ रन बनाएका थिए ।

पाकिस्तानका उस्मान सिनवारीले ७ ओभर बलिङ गर्दै ३५ रन खर्चिएर ४ विकेट लिए । सहिन साह अफ्रिदी र सहाव खानले दुई दुई विकेट लिएका थिए । पाँचौं एक दिवसीय क्रिकेट ३० तारिखमा हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस