बायर्न म्युनिखको शानदार जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । जर्मन बुण्डेस लिगाको दोस्रो स्थानमा रहेको साविक विजेता बायर्न म्युनिखले रेलिगेसनबाट जोगिन संघर्षरत स्टूटगार्टमाथि ४–१ गोलअन्तरको शानदार जित हासिल गरेको छ ।

जितपछि बायर्नले शीर्ष स्थानको बोरुसिया डर्टमण्डसँगको दूरी ६ अंकमा यथावत राखेको छ । समान १९ खेलबाट डर्टमण्डको ४८ र बायर्नको ४२ अंक छ ।

घरेलु मैदान एलियान्ज एरेनामा बायर्नले पहिलो हाफ एक–एक गोलको बराबरी खेलेको थियो । पहिलो हाफमा चुनौती दिएको स्टुटगार्टले दोस्रो हाफमा भने तीन गोल खान पुग्यो ।

५५औं मिनेटमा क्रिष्टियन जेन्टरले आत्मघाती गोल गरेपछि पाहुना टोली स्टुटगार्टले लय गुमाउन पुग्यो ।

७१औं मिनेटमा लियोन गोरेज्गाले बायर्नलाई तीन एक गोलको अग्रता दिलाए ।

६६औं मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका रोवर्ट लेबाण्डोस्कीले ८४औं मिनेटमा टिमका लागि चौथो र विजयी गोल गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस